पात्ले फुटबल अपडेटः भद्रकाली र वाईज युनाईटेट बाहिरिए

Avatar photo
Dhadingpost
माघ २३, २०७६

धादिङ माघ २३ । धादिङको नीलकण्ठ नगरपालिका १४ धुवाँकोट पात्लेमा जारी फुटबल प्रतियोगिताबाट मलेखु स्थित भद्रकाली युवा क्लव र धादिङबेसी स्थित वाईज युनाईटेड युवा क्लव बाहिरिएका छन् ।

माघ १६ गते देखि पात्लेमा सुरुभएको छैटौं मान बहादुर कप फुटबल प्रतियोगिता अन्तरगत बिहिबारको क्वाटर फाईनल खेलमा मलेखु स्थित भद्रकाली युवा क्लवको २ गोलको विरुद्ध नुवाकोटको सिरानटोल युवा क्लबले ४ गोल र धादिङबेसी स्थित वाईज युनाईटेडलाई पेनाल्टीमा नुवाकोटको नवस्टार युवा क्लबले २-३ को गोल अन्तरले हराउँदा यी धादिङका दुई टिम सेमीफाईनल पुर्व नै घर फर्कन बाध्य भएका हुन् ।

नुवाकोट भर्सेज धादिङ जस्तो भएको बिहिबारको दुई खेल नुवाकोटका क्लवले जिते पनि तेस्रो खेलमा भने धादिङको जनाअवाज युवा क्लव माने धुवाँकोटले सयपत्री यूवा क्लव नुवाकोट विरुद्ध ४-२ गोल गर्दा सयपत्री यूवा क्लव प्रतियोगिताबाट बाहिरिएको थियो ।

सोनाम ल्होछारको अवसरमा विद्यार्थी उपकार संघ धुवाँकोटले आयोजना गरेको यस प्रतियोगिता २१ टिम सहभागि थिए ।

प्रतियोगितामा प्रथम पुरस्कार राशी १ लाख १५ हजार रहेको छ, भने द्वितिय हुने टिमले ५५ हजार ५५५, सान्तोना हुने टिमले १५ हजार पुरस्कार पाउने विद्यार्थी उपकार संघका उपाध्यक्ष सुरेश तामाङले बताए ।

शुक्रबार हुने सेमिफाईनलमा यी खेल हुने

नवस्टार युवा क्लव नुवाकोट VS मेन्धोफोले युवा क्लव काउले धादिङ
जनाआवाज युवा क्लव धुवाँकोट धादिङ VS सिरानटोल युवा क्लव नुवाकोट

पात्ले फुटबल प्रतियोगिता अपडेट

धुवाँकोटमा छैठौ मान बहादुर कप फुटबल प्रतियोगिता जारी