धादिङ चिमचोममा कोदो कुट्ने मेशिन

Avatar photo
Dhadingpost
माघ २३, २०७६

धादिङ माघ २३ । धादिङको गंगाजमुुना गाउँपालिकाको रि गाउँ स्थित चिमचोक गाउँमा कोदो कुट्ने मेशिन आईपुगे छ ।

लालबहादुर तामाङ र बलाङदुङ तामाङ दाजुभाई मिलि २ लाख खर्चेर कोदो कुट्ने मेशिन रि गाउँ स्थित चिमचोक पुर्याएका हुन् ।

एक भारी कोदो कुटेको १ सयका दरले गाउँले सँग ज्याला समेत लिने गरेका छन् ।

परम्परागत ढंगबाट कोदो कुट्दा झन्झिटिलो र श्रमपनि धेरै खर्च गर्नु पर्ने र समय पनि धेरैबेर लाग्ने हुँदा स्थानियहरु यतिबेला लालबहादुर तामाङ र बलाङदुङ तामाङले ल्याएको कोदो कुट्ने मेशिनको पालो कुरेर बसेका छन् ।