
काठमाडौं माघ २२ । चिर परिचित प्रतिद्वन्दी ओमान सँग आन नेपालले आफ्नै घरेलु मैदानमा एकदिवसीय क्रिकेट खेल्दै छ ।
पहिलो पटक नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछिको घरेलु मैदानमा त्रिकोणात्मक श्रृंखला अन्तरगत नेपालले बुधबार ओमन सँग खेल्न लागेको हो । घरेलु मैदानले अन्तर्राष्ट्रिय मान्यता पाएपछि हुनलागेको यो प्रतियोगिता नेपालका लागि केवल एउटा खेलमात्र हुने छैन, यो जित नेपालको लागि एक इतिहासका रुपमा समेत दर्ज हुनेछ ।
आईसीसी एकदिवसीय विश्वकप यात्राको पहिलो पाइलाको रुपमा समेत यो प्रतियोगितालाई लिइएको छ । आईसीसी विश्वकप डिभिजन–२ को तीनवर्षे यात्रामा नेपालले ठूलो लक्ष्य लिएको छ । जहाँ नेपाल शीर्ष दुईमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाउने उद्देश्यमा केन्द्रित छ । तर यो प्रतियोगिता घरेलु भूमीमा भएपनि जित्न भने सहज छैन ।
टीयू मैदानमा हुने पहिलो एकदिवसीय अन्तर्राष्ट्रियलाई गौरवपूर्ण हुने आशा गर्न सकिन्छ। यद्यपि, नेपालले यसअघि पनि घरेलु दर्शकको फाइदा उठाउँदै आएकाले बुधबारको खेलमा समेत दर्शकको फ्याक्टर महत्वपूर्ण हुनेछ ।
खेल बुधबार बिहान ९:३० कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ ।
ओमानको टोली
जीशान मकसूद (कप्तान) अकीब इलियास (उपकप्तान), जितेन्द्रर सिंह, खवर अली, सनुथ इब्राहिम, सुरज कुमार, मोहम्मद नसीम, सन्दीप गौड, मोहम्मद नदीम, जय ओडेदरा, बादल सिंह, अहमद बट, कलीमुल्लाह र बिलाल खान
नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान) , आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, कुशल मल्ल, कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने
