
धादिङ माघ २२ । धादिङको नीलकण्ठ नगरपालिका १४ धुवाँकोट पात्लेमा माघ १७ गते देखि सुरु भएको छैठौ मान बहादुर कप फुटबल प्रतियोगिता जारी छ ।
सोनाम ल्होछारको अवसरमा विद्यार्थी उपकार संघ धुवाँकोटले आयोजना गरेको २१ टिम सहभागि यस प्रतियोगिताको पाँचौं दिन बुधबार ३ वटा खेलहरु सम्पन्न भएको छ ।
आजको पहिलो खेल मेन्दोफोले युवा समाज काउले र सूर्योदय युवा क्लव धुवाँकोट बीच भएको थियो । पेनाल्टी सुटमा मेन्दोफोले युवा समाजले सूर्योदय युवा क्लव ३-१ को गोल अन्तरले पराजित गरेको छ ।
यस्तै दोस्रो खेलमा जनआवाज युवा क्लव ले ६ गोल गरि रोमान्टिक युवा क्लव रातमाटेलाई हरायो । जनआवाजका विरुद्ध रोमान्टिक युवा क्लवले १ गोल पनि फर्काउन सकेन ।
बिहिबारको अन्तिम खेल सयपत्री युवा क्लव नुवाकोट र विद्यार्थी उपकार संघ धुँवाकोट बीच भएको थियो । यो खेलमा सयपत्री युवा क्लव नुवाकोटले विद्यार्थी उपकार संघ धुँवाकोटलाई ३-२ को गोल अन्तरले हराएको थियो ।
यस प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख १५ हजार रहेको छ, भने द्वितिय हुने टिमले ५५ हजार ५५५, सान्तोना हुने टिमले १५ हजार पुरस्कार पाउने विद्यार्थी उपकार संघका उपाध्यक्ष सुरेश तामाङले बताए ।
बिहिबार माघ २३ गते हुने खेलहरु
- भद्रकाली युवा क्लव मलेखु बेनिघाट रोराङ VS सिरानटोल युव क्लव नुवाकोट
- वाईज यूनाईटेड युवा क्लव धादिङबेसी VS नवस्टार यूवा क्लव नुवाकोट
- जनाअवाज युवा क्लव माने धुवाँकोट VS सयपत्री यूवा क्लव नुवाकोट

