
धादिङ माघ २१ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोट पात्लेमा छैठौ मान बहादुर कप फुटबल प्रतियोगिता जारी छ ।
सोनाम ल्होछारको अवसरमा विद्यार्थी उपकार संघ धुवाँकोटले माघ १७ गते देखि सुरु गरेको यस प्रतियोगितामा २१ टिम सहभागि मध्य ८ टिम बाहेक अन्य टिम आउट भैसकेका छन् ।
विद्यार्थी उपकार संघका उपाध्यक्ष सुरेश तामाङका अनुसार मंगलबार भएको प्री क्वाटर फाईनल अन्तरगतको पहिलो खेलमा धादिङबेसी स्थित बाईज युनाईटेड युवा क्लवले नुवाकोटको प्रगतिशिल युवा क्लवलाई हराएको छ ।
बाईज युनाईटेडको ३ गोलको सामना गरेको प्रगतिशिल युवा क्लवले एक गोल समेत गर्न नसक्दा प्रतियोगिताबाटै बाहिरिएको थियो ।
यस प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख १५ हजार रहेको छ, भने द्वितिय हुने टिमले ५५ हजार ५५५, सान्तोना हुने टिमले १५ हजार पुरस्कार पाउने छन् ।
बुधबार हुने खेल तालिका
मेन्दोफोले युवा समाज काउले VS सूर्योदय युवा क्लव धुवाँकोट जनआवाज युवा क्लव VS रोमान्टिक युवा क्लव रातमाटे सयपत्री युवा क्लव नुवाकोट VS विद्यार्थी उपकार संघ धुँवाकोट A
खेल तालिका


