सामुदायीक वनको काठ चोरी गर्ने बयलकोटी फरार

Avatar photo
Dhadingpost
माघ २०, २०७६

धादिङ माघ २० । धादिङको थाँक्रे गाउँपालिकाको सिम्पानी आचार्य पोखरी सामुदायीक वनको काठ चोरी गर्ने स्थानीय रमेश बयलकोटी (मिजार) फरार रहेको डिभिजन वन कार्यालय धादिङले जनाएको छ ।

विशेष सुचनाको आधारमा पौष २९ गते बयलकोटीले काटेको ३७ थान (७८.७७ क्यूफिट) गोलिया साल्लोको काठ सामुदायी वन क्षेत्रबाटै वन कार्यालयबाट खटिए वन रक्षकहरुले नियन्त्रणमा लिएका थिए ।

पौष २९ गते सामुदायी वनमा रहेको सल्लाको काठ बयलकोटीले काटी रहेको जानकारी स्थानियले वन कार्यालयलाई जानकारी दिए सँगै बैरेनी सब डिभिजन वन कार्यालयबाट खटिएका वन रक्षकहरुले नियन्त्रण लिन सफल भए पनि बयलकोटी फेला परेनन् ।

बैरेनी सब डिभिजन वन कार्यालयका प्रमुख क्षेत्रविक्रम खाँणले दोषी बयलकोटीलाई तत्काल पक्राउ गर्न भन्दै फोटो सहित जिल्ला प्रहरी कार्यालयलाई माघ १ गते पत्र लेखेका थिए ।

जिल्ला प्रहरी कार्यालयले फेरि निज बलयलकोटीलाई पक्राउ गर्न आदेश सहितको पत्र माघ ३ गते इलाका प्रहरी कार्यालयलाई पत्र पठायो ।

बैरेनी सब डिभिजन वन कार्यालयका प्रमुख खाँणले धादिङपोष्ट सँग कुरा गर्दै भने- हामीले प्रमाण सहित सम्पूर्ण कागजी तयारी पुरा गरि बसेका छौं । बयलकोटी फरार छन् । प्रहरीले पनि खोजी हरेको छ, हामी पनि खोजी रहेका छौ, दोषी जो कोही होस् , भागेर कहाँ जाने हो र ? कानुनले उस्लाई पिछा गरि रहेको हुनेछ ।