बेनिघाट रोराङका प्रमुख डल्लाकोटी अस्पताल भर्ना

Avatar photo
Dhadingpost
माघ २०, २०७६

धादिङ माघ २० । धादिङको बेनिघाट रोराङ गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) लाई अस्पताल भर्ना गरिएको छ ।

शनिबार देखि बिरामी भएका डल्लाकोटीलाई श्वासप्रश्वासमा गम्भीर समस्या देखिए पछि आईतबार चितवल मेडिकल कलेजमा भर्ना गरि उपचार सुरु गरिएको गाउँपालिकाका सल्लाहकार मणिराज गुरुङले बताए ।

निमोनिया (श्वासप्रश्वास प्रणाली र फोक्सोमा हुने संक्रमण) का कारण बेनिघाट रोराङका प्रमुख डल्लाकोडीलाई श्वासप्रश्वासमा समस्या देखिएको हो, अझै केहि दिन अस्पताल मै भर्ना गरेर बस्नु पर्ने हुन्छ तर डराई हाल्नु पर्ने अवस्था छैन उपचारमा संलग्न चिकित्सकले धादिङपोष्टलाई बताए ।

निमोनिया बारे बरिष्ठ फिजिसियन डा. ध्रुवप्रसाद सिंखडा भन्छन् –
निमोनियाले बढी सताउने शारीरिक रुपमा कमजोर व्यक्तिलाई हो । निमोनिया त्यस्तो व्यक्तिलाई लाग्छ जुन व्यक्तिको स्वास्थ्य स्थिति पहिले देखिनै कमजोर छ । साधारण रुघाखोकी लागेको बेलामा राम्ररी स्याहार भएन भने, रुघाखोकी लाग्ने व्यक्तिको स्वास्थ्य स्थिति सामान्य भन्दा कमजोर छ भने, तौल, उचाई हुनुपर्ने अवस्थामा भएको छैन र प्रदुशित बाताबरणमा रहेको छ भने त्यस्तो व्यक्तिमा निमोनिया हुने प्रवल सम्भावना हुन्छ ।