श्री पञ्चमीको अवसरमा रोजम्यरीको पुस्तक मेला

Avatar photo
Dhadingpost
माघ १६, २०७६

सन्दिप स्याम्चेन तामाङ
धादिङ माघ १६ ।
धादिङबेसी स्थित रोजम्यरी चाइल्ड केयर बोर्डिङ स्कुलले सरस्वाती पुजाको अवसारमा पुस्तक मेला कार्यक्रम सम्पन्न ।

विद्याको देवि अथवा आमा सरस्वाती पुजाको अवसरमा विद्यार्थी रअभिभावकहरुलार्इ भेला गरार्इ रोजम्यरीले पुस्तक मेला राखेको हो ।

यो मेलामा बिक्री भएको पुस्तकको पैसाले अन्य दुर्गम ठाउँहरुका विद्यार्थीहरुलाई सहयोग गर्ने पुस्तक मेलाका केन्द्रिय पुस्तक लेखक, अध्यापक, मनोबैज्ञानिक तथा प्रशिक्षक रमेश पराजुलीले बताए ।

विद्यार्थीहरुलाई कसरी मोबाइल टिभीबाट टाढा राख्ने, अनि कसरी पुस्तक पढ्नमा रुचि बढाउने भन्ने किसिमको नयाँ नयाँ पुस्तकहरु मेलामा राखिएको प्रिन्सिपल संगिता श्रेष्ठले बताईन् ।

यो मेला कुनै नाफा मुलक मेला नभएर सेवा मुलक अनि सन्देश मुलक एक दिनेका लागि मात्र आयोजना गरिएको प्रिन्सिपल श्रेष्ठले बताईन् ।