
धादिङ माघ १५ । धादिङ बेनिघाट रोराङ गाउँपालिका १० स्थित खोर भञ्ज्याङमा रहेको राष्ट्रिय माविको ६२ औं वार्षिक उत्सव भव्य कार्यक्रमका बीच बनाईएको छ ।
बेनिघाट रोराङका गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) को प्रमुख आतिथ्यतामा भएको उक्त वार्षिक उत्सवको अवसरमा विद्यालयको नव निर्मित भवनको उद्घाटन चन्दादाताको शिलालेख अनावरण तथा छात्रावास भवनको शिलान्यास समेत गरिएको थियो ।

वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डल्लाकोटीले सिंहदरवारको अधिकार गाउँ-गाउँ सम्म आएको आभाष हुने गरि विकासका गतिविधि भएको बताएका थिए ।

वर्षौ देखि अलपत्र परेको जलपुरी सिंचाई परियोजनालाई पुरा गरि सिङ्गो जोगिमारालाई सिंचाई गरिने समेत बताएका थिए ।
कार्यक्रमका विशेष अतिथि बेनिघाट रोराङका उप प्रमुख देवि प्रसाद सिलवालले अब आर्थिक अभाव भयो भनेर अन्यत्र गुहार्ने दिन गएको बताउँदै आवश्यकताको पहिचान गरि वडा मार्फत योजना गाउँपालिकामा ल्याउन आग्रह गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्याप दिपक रिजालले विद्यालयको प्रतिवेदन सार्वजनिक गर्दै १२ कक्षा संचालन भएको यस विद्यालयमा मावि दरवन्दी एउटा पनि नभएको निमावि तहको पनि २ जना राहत अरु ६ जना प्रा.वि. दरबन्दीका शिक्षक “बाँकी सबै निजीस्रोतका शिक्षक रहेको बताए ।”
वार्षिक १३ लाख १८ हजार त निजि शिक्षक शिक्षिकालाई तलव खुवाउनमा खर्चनु परेको बताउँदै विद्यालयको खेल मैदान लागि तत्काल जग्गा खरिद गर्नु पर्ने समेत बताएका थिए ।

वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मर गुरुङको सभापतित्वमा भएको उक्त वार्षिक उत्सव कार्यक्रममा विद्यालयका संस्थापक जगननाथ अधिकारी, गाउँपालिकाका प्रशासकिय अधिकृत लक्ष्मणप्रसाद भट्टराई, सामाजिक विकास समिति संयोजक तथा वडा नं. ३ का अध्यक्ष भुवन त्रिपाठी, नेपाली काँग्रेस बेनिघाट रोराङका सभापति ऋषिनाथ त्रिपाठी लगायतको आतिथ्यता रहेको थियो ।

