
धादिङ माघ १४ । सामाजिक अभियान्ताका रुपमा परिचित धादिङका युवा सुर्य इटनीले रविन्द्र मिश्रको साझा पार्टी छाडेको घोषणा गरेका छन् ।
०७५ साल देखि रविन्द्र मिश्र सँग नजिक रहँदै रविन्द्र मिश्रको विवेकशिल साझा पार्टी हुँदै फुट हुदाँ पनि विचलनमा नआएका सुर्य इटनीले धादिङको सम्पर्क व्यक्तिका रुपमा काम गर्दै आएका थिए ।
पार्टी स्थापना कालमा जति लोकप्रियता थियो त्यसको प्रतिफल सकारात्मक आउनु पर्नेमा पुराना पार्टीहरुमा जस्तै साझा पार्टीमा पनि yes man हाबी हुने र राष्ट्रघातका कामहरुलाई पनि सहर्ष स्वीकार गर्न थाले पछि आफुले पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको बताएका छन् ।
इटनीले आफ्नै फेसबुकमा पोष्ट गर्दै भनेका छन् – साझा पार्टी सबैको साझा भनेको जस्तो महसूस भयो, यो पाटीले विभिन्न समय र पारिस्थितिमा जनतालाई उल्लु बनाएको र साझा पार्टी अध्यक्ष Rabindra Mishra बाट भर्खरै mcc सहर्ष स्वीकार गरेको देख्दा, मलाई यो पार्टी को सदस्य भएकोमा पनि पश्चाताप लाग्यो !
मिति २०७५ साल चैत्र २३ देखी धादिङ्ग जिल्लाको जिल्ला नेत्रृत्व तहमा रहेर सम्पर्क ब्यक्तिको रुपमा काम गर्दै आएको र आगामीमा दिनमा मेरो नित्तान्त ब्यक्तिगत र पार्टी भित्र भएको प्रदेशको yes man प्रवृत्तिले आजको मिति देखी म साधारण सदस्य पनि नरहने गरि पार्टी परित्याग गरेको कुरा तपाई सम्पूर्ण साझा पाटि उत्प्ररेक जिल्लामा रहनु भएको समकालीन मित्रहरु #साझा_पाटि लाई जानकारी गराउदछु।

