
धादिङ माघ १२ । धादिङबेसीमा दुई दिन सम्म चलेको जिल्ला स्तरिय प्रथम ओयो तेक्वान्दो प्रतियोगितामा केटा बाल मन्दिर माध्यामिक विद्यालयका राजेश गुरुङ उत्कृष्ट खेलाडी घोषणा भएका छन् ।
नेपाल तेक्वान्दो संघ धादिङको आयोजनामा भएको उक्त तेक्वादो प्रतियोगिता प्रतियोगितामा केटी तर्फ भने सुनगाभा एकेडेमीमा अध्ययनरत रेजिना क्षेत्री उत्कृष्ट खेलाडी घोषणा भईन् ।
१५ केजी तौल समुह देखि ५२ केजी तौल सम्मका खेलाडी सहभागि उक्त प्रतियोगितामा ३०० भन्दा बढी खेलाडीले भाग लिएका थिए ।

विद्यालय तर्फ भने बाल मन्दिर मावि प्रथम, गल्छी गाउँपालिका स्थित द राईजिङ भिलेज स्कुल द्वितिय र धादिङबेसी स्थित न्यू किबो बोर्डिङ तृतिय भएका थिए । प्रतियोगिता अवधिभर खेलाडीलाई अनुशासाशनमा राखे वापत द राईजिङ भिलेज स्कुल सम्मानित भएको थियो ।
हामीले विद्यालयमा तेक्वान्दो सुरुगरेको ४ महिना मात्र भयो, प्रतियोगितामा उपाधीको लागि भन्दा पनि खेलाडी विद्यार्थीको अनुभवका लागि सहभागिता जनाएका थियौं तर खेल राम्रै प्रदर्शन गरे र द्वितिय पोजिशनमा पुग्न सफल भयौ द राईजिङ भिलेज स्कुलका प्रिन्सिपल नवराज ओझाले बताए ।
नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष रमेशमान तुलाधरको सभापतित्वमा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा नीलकण्ठ नगरपालिकाका ३ का वडा अध्यक्ष होमनाथ रिजाल, वडा सदस्य गोपी भण्डारी, जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख कृष्णलाल श्रेष्ठ, द राईजिङ भिलेज स्कुलका प्रिन्सिपल नवराज ओझा लगायतको आतिथ्यता रहेको थियो ।

फोटो स्रोतः नेपाल तेक्वान्डो संघ धादिङ

