शंखादेविको ५४ औं वार्षिकी मनाईयो

Avatar photo
Dhadingpost
माघ ११, २०७६

धादिङ माघ ११ । धादिङको बेनिघाट रोराङ ९ मझिमटारमामा रहेको शंखादेवि माध्यामिक विद्यालयको ५४ औं वार्षिक उत्सव भव्य समारोहका बीच मनाईएको छ ।

बेनिघाट रोराङको धरोहर, मझिमटारको शान, घरघरमा गुणस्तरीय शिक्षा शंकादेविको अभियान भन्ने नाराका साथ शुक्रबार ५४ औं वार्षिक उत्सव भव्य समारोहका बीच शुक्रबार मनाईएको हो ।

संघीय सांसद भुमि त्रिपाठीले वार्षिक उत्सवको अवसरमा शुभकामना मन्तव्य राख्दै शिक्षा पढाएर हैन सिकाएर गुणस्तरिय बनाउनु पर्ने बताएका थिए । सांसद त्रिपाठीले सरकारले शैक्षिक क्षेत्रमा ठुलो लगानी गरेको बताउँदै शिक्षालाई प्राविधिक र व्यवहारीक बनाउनु पर्नेमा जोड दिएका थिए ।

यस्तै समारोहका विशेष अतिथि एवम् गाउँपालिकाका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) ले गाउँपलिका शैक्षिक गुणस्तरका लागि विशेष योजना बनाएर अगाडी बढेको बताउँदै शिक्षक विद्यालय आउने पढाएर दैनिक घर जाने परम्पराको अन्त्य गर्दै ति शिक्षकले पढाएका विद्यार्थी कस्ता छन् ? अब परिणामको आधारमा मुल्याङकन गरिने बताएका थिए ।

समाज बदलिन शिक्षकको हात रहने बताउँदै प्रमुख डल्लाकोटीले बेनिघाट रोराङका शिक्षकहरु शैक्षिक गुणस्तरमा एकमत देखिएकोले परिणामको पर्खाईमा रहेको समेत बताए ।

विद्यालयका सुरेश मल्लको सभापतित्वमा भएको उक्त वार्षिक उत्सवमा गाउँपालिकाका उपाध्यक्ष देवि सिलवाल, शिक्षा विकास तथा समन्वय ईकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यको विशेष आतिथयता रहेको थियो । यस्तै त्रिपाठी, गाउँपालिकाका प्रसाशकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराई, गाउँपालिका सामाजिक विकास परिचालन संयोजक भुवन त्रिपाठी, गाउँपालिकाका शिक्षा अधिकारी बोधराज पाठक लगायतको आतिथ्यता रहेको शिक्षक तिलक चेपाङले बताए ।