
धादिङ माघ ११ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार माध्याकिम विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ सुरुभएको छ ।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद र सबैका लागि खेलकुद भन्नेनाराका साथ त्रिपुरासुन्दरी गाउँपालिकाको विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सुरुभएको हो ।
१२ वटा माध्यामिक विद्यायहरुले भाग लिएको उक्त प्रतियोगिता संघीय सांसद खेम प्रसाद लोहनीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा खहरे निवासी तेक्वान्दोको पुम्सेमा स्वर्ण पदक विजेता संञ्चिता तिमल्सिना र जुडोमा कास्य पदक विजेता सल्यानटारका पवन श्रेष्ठलाई सम्मान गरिएको थियो ।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापाको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा प्रतिनिधि सभाका सांसद खेम प्रसाद लोहनीको प्रमखु आतिथ्यता तथा प्रदेश सांसद जगत सिंखडा, नेकपाका नेताहरु गुरु प्रसाद बुर्लाकोटी, राम बहादुर भण्डारी लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यस प्रतियोगिता माघ १२ गते सम्म सञ्चालन हुनेछ । फोटोः तिलक गुरुङ/सोम श्रेष्ठ

