धादिङमा ओयो तेक्वान्दो प्रतियोगिता सुरु

Avatar photo
Dhadingpost
माघ १०, २०७६

धादिङ माघ १० । नेपाल तेक्वान्दो संघ धादिङको आयोजनामा प्रथम जिल्ला स्तरीय ओयो तेक्वादो प्रतियोगिता सुरुभएको छ ।

विभिन्न तौल सुमुहका ३०० भन्दा बढी खेलाडीले भाग लिने यस प्रतियोगिता निलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले शुक्रबार उद्घाटन गरेका थिए ।

प्रतियोगितामा नगरपालिकाका प्रमुख ढुङ्गानाले खेलकुद विकासमा लागि नगरपालिकाले पुर्वाधार विकास देखि खेलकुद प्रतियोगिताहरुलाई विशेष योजना नै बनाएर अगाडी बढेको बताएका थिए ।

नेपाल तेक्वान्दो संघ धादिङ का अध्यक्ष रमेशमान तुलाधरको सभापतित्वमा भएको उद्घाटन सत्रमा विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

तेक्वान्दो खेलको विकासलाई टेवा पुर्याउने उद्धेश्य अनुसार आयोजित प्रतियोगिता माघ ११ गते सम्म चल्ने छ ।