
धादिङ माघ १० । धादिङ बेनिघाट रोराङ गाउँपालिका स्थित धुषा चामटारमा धादिङ कै पहिलो कृषि तालिम केन्द्रको भवन शिलान्यास गरिएको छ ।
गाउँपालिकाले १०७ रोपानी जग्गा खरिद गरे सँगै प्रदेश सरकारको ३ करोड लागत रहेने भवनको शिलान्यास शुक्रबार एक कार्यक्रमका बीच वागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले गरेका हुन् ।
वागमती प्रदेशका १३ जिल्ला मध्य धादिङमा बन्न लागेको कृषि तालिम केन्द्रमा किसानलाई प्रत्यक्ष सहभागिता गराई अधुनिक र व्यवसायीक शिक्षा दिईने मन्त्री जमकट्टेल बताए ।

यस तालिम केन्द्रमा कुनै हद बन्दी हुँदैन, न शिक्षा, न उमेर प्रत्यक्ष कृषिमा काम गरि रहेका प्रत्यक्ष सरोकार राख्नेले मात्र तालिममा भाग लिन पाउने समेत उनले बताए ।
भवन ठुलो बन्दैन, यो तालिम केन्द्र हो, किसानले प्रयोगात्मक रुपमा सिक्नको लागि १०७ रोपनी जग्गा गाउँपालिकाले खरिद गरेको समेत शिान्यास कार्यक्रममा मन्त्री जमकट्टेल जानकारी गराएका थिए ।

चरौंदीबाट ७ किलोमिटर सडक दुरी पार गरेपछि पुगिने यस निर्माणधिन तालिम केन्द्र शिलान्यास कार्यक्रममा नेकपा बेनिघाटर रोराङका अध्यक्ष विवेक थापलिया, युवा संगठनका केन्द्रिय सदस्य चन्द्रबहादुर सिलवाल मिलन, वडा अध्यक्ष शिव सिलावल, कृषक अगुवा समाज सेवी हेमनाथ थपलिया लगायतको आतिथ्यता रहेको थियो ।
शिलान्यास कार्यक्रमका चेपाङ पन्चे बाजा बजाएर स्वागत गरिएको थियो ।

