
धादिङ माघ १० । धादिङको बेनिघाट रोराङको तरकारी पकेट क्षेत्रको रुपमा चिनिने चरौंदी बजारमा प्रथम चरौंदी कृषि, पर्यटन तथा औद्योगिक महोत्सव सुरु भएको छ ।
वागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले शुक्रबार विशेष समारोहका बीच उद्घाटन गरे सँगै महोत्सव सुरुभएको हो ।
चरौंदी समाज सुधार युवा क्लवले आयोजना गरेको यस महोत्सव उद्घाटन गर्दै मन्त्री जमकट्टेलले धादिङका हरेक सार्वजनिक सरोकार राख्ने कार्यक्रमहरुमा कृषि र पर्यटन प्रवद्र्धनको विशेषमा छलफल गर्न आग्रह गरेका थिए ।

भिजिट नेपाल २०२० लाई सफल पार्न हरेक नागरीक सचेत रहनुपर्ने समेत मन्त्री जमकट्टेलले बताएका थिए ।
माघ १९ गते सम्म चल्ने यस प्रथम चरौंदी महोत्सवमा महोत्सवमा चेपाङको नमुना घर, भेष भुसा, स्थानिय घरेलु उत्पादन, औद्योगिक उपकरणहरु, त्रिशुलीमा र्याफ्टीङ, क्यानोनिङ, कार्वन भ्यूटावर, रिचोक टावर, सुन्दर नागी, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, मुख्य आकर्षणहरु रहने आयोजकले जनाएको छ ।


