बुद्ध गुरुङ सहित चौध जना नेकपामा प्रवेस

Avatar photo
Dhadingpost
माघ ९, २०७६

धादिङ माघ ९ । केहि दिन पहिला मात्र विप्लव नेतृत्वको नेकपा परित्याग गरेका बुद्ध गुरुङ सहित चौध जनाले सत्ता सिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेस गरेका छन् ।

सिद्धलेक गाउँपालिका स्थित कुम्पुर परेवाटारमा एक औपचारिक कार्यक्रमको आयोजना गरि वागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले बुद्ध सहित चौध जनालाई खादा लगाई नेकपामा प्रवेस गराएका थिए ।

विप्लव नेतृत्वको नेकपाको धादिङ सेक्रेटरी रहेको बेला पक्राउ परेका बुद्ध गुरुङ धरौटीमा रिहा भए सँगै पार्टी परित्यागको घोषणा गरेका थिए ।

नेकपा धादिङका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको उक्त पार्टी प्रवेस कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री जमकट्टेलले शान्ति र समृद्धिको मुख्य एजेण्डामा सबै एकाकार हुँदै छिन्न भिन्न देखिएका कम्युनिष्टहरु ढिलो चाढो एकता नभै सुखै नभएको बताएका थिए, मलेखुबाट निर्मल नारायणले धादिङपोष्ठलाई बताए ।

यी हुन् प्रवेस गर्ने

१. बुध्द गुरुङ
२. धन ब घले
३. बिष्णु श्रेष्ठ
४. राम ब घले
५. राजु घले
६. सङ्ख नारायण श्रेष्ठ
७. सुखलाल नेपाली
८. राजकुमार नेपाली
९. मिलन घले
१०. संगिता घले
११. लक्ष्मि घले
१२. राजु गुरुङ
१३. खड्ग ब श्रेष्ठ
१४. मोहन श्रेष्ठ

फोटो निर्मल नारायण