काँग्रेस धादिङद्वारा सूचना प्रविधि विधेयक सच्याउन माग

Avatar photo
Dhadingpost
माघ ६, २०७६

धादिङ माघ ६ । नेपाली काँग्रेस धादिङले प्रस्तावित सूचना प्रविधि सम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको भन्दै सिडियो मार्फत सरकारलाई विरोधपत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङ मार्फत सरकारलाई नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले आईतबार सूचना प्रविधि सम्बन्धी विधेयक संशोधनको माग गर्दै विरोध पत्र बुझाएका हुन् ।

विरोध पत्रमा काँग्रेसले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट बहुमतले पारित गरेको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राष्ट्रिय सभामा पेश गरिएको नेपाल विशेष सेवा गठन तथा सञ्चालन सम्बन्धी कानूनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयकमा केहि प्रावधानहरु आपत्तीजन रहेकाले त्यसलाई सच्याउन माग गरिएको छ ।

सिडयो मार्फत सरकारलाई पठाएको विरोध पत्र बुझाउने कार्यक्रममा पार्टी सभापति धमला, पूर्व कानून राज्यमन्त्री दिलमान पाख्रिन, पूर्व सभापति रामनाथ अधिकारी, ज्वालामुखी गाउपालिकाका अध्यक्ष विनोद तिमल्सिना लगायतका पार्टीका नेता, कार्यकर्ता सुभेच्छुक र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।