
चितवन माघ ४ । गैर आवासिय नेपाली संघ (एनआरएनए) का सह कोषाध्यक्ष लोक दाहालको नेतृत्वमा बेल्जियमबाट आएको पर्यटकको टोलीलाई भरतपुरबाट विदाई गरिएको छ ।
भिजीट नेपाल २०२० लाई सफल गत पुस २६ गते पर्यटक लिएर धादिङ आएका सह कोषाध्यक्ष दाहाल सहितको बेल्जियम टिम केहि दिन पहिला भरतपुर पुगेका थिए, उनीहरुलाई महानगरापलिका प्रमुख रेणु दाहालले पुन: आउन अनुरोध गर्दै विदाई गरेकी हुन् ।
एक साता लामो धादिङ रहेका यी पर्यटकहरुले बुढाथुम माध्यमिक विद्यालयमा स्वयम सेवी काम गरेका थिए । यहि बीच पर्यटकहरुले खाल्टे स्थित चमेरेगुफा संरक्षण समाजले आयोजना गरेको कार्यक्रमको समेत अवलोकन गरेका थिए ।

समाजसेवीका रुपमा चिनिएका धादिङ बुढाथुमका (हाल बेल्जियम निवासी) लोक प्रसाद दाहालले प्रत्येक गैर आवासीय नेपालीले एक जना पर्यटक नेपाल ल्याई भिजिट वर्ष २०२० लाई सफल बनाउनु पर्ने अभियान अन्तरगत पर्यटक लिएर नेपाल आएका बताएका छन् ।
महानगरपालिकाले आयोजना गरेको विदाई कार्यक्रममा पर्यटक टिमलाई नेपाली ढाका टोपी लगाई मायाँको चिनो समेत प्रमुख रेणु दाहालले प्रदान गरेकी थिइन् ।

लोक दाहाल सँग भ्रमणमा रहेका बेल्जियमबाट आएका पर्यटकहरु
१. प्रोफेसर डा. लुक बुकर, टिम लिडर (भि. मेड)
२. लुकमान होप
३. ब्यार्ट
४. घिडो
५. पेटर
६. पिको
७. टिमो
८. मान फ्रेट
९. दितर
१०. दोम
११. यो
१२. मिसेल

