
धादिङ माघ ३ । धादिङबेसी पुछारबजार प्रहरी बीट अगाडी रहेको शुभलाभ पोलिक्लिनिकले वार्षिक उपलक्ष्यमा एक महिने विशेष सेवा दिन सुरु गरेको छ ।
सेवा सुरुगरेको ७ औं वर्ष पुरा गरि ८ औं वर्ष प्रवेष गरेको अवसरमा शुभलाभले माघ महिनाभर खाना अघि र पछि गरी दुई पटक सुगरको निशुल्क चेक जाँच गर्ने र अन्य सेवाहरुमा १० प्रतिशद छुटको व्यवस्था गरेको हो ।
धादिङमा पहिलो पटक शुभलाभले ल्यायो एनोमल्यी स्क्यान

गर्भवती महिलाको पेटमा रहेको बच्चाको अवस्था सजिलै र सरल तरिकाले जानकारी लिन सकिने भिडियो एक्स रे (Anomaly Scan) सेवा जिल्ला मै पहिलो दिन थालेको शुभलाभले प्रत्यक दिन फरक फरक विशेषज्ञ सेवा प्रदान गरि रहेको छ ।
२४ सैं घण्टा दिई राखेको यस पोलिक्लिनिकले फिजियो थोरापि सहित दैनिक शल्यक्रिया सेवा सँगै प्लाष्टर सेवा गर्दै आई रहेको छ ।
कुन दिन कुन विशेषज्ञ सेवा ?
- प्रत्येक बुधबार हाड जोर्नी तथा नशा रोग विशेषज्ञ
- प्रत्येक महिनाको दोस्रो र चौथो शनिबार प्रशुती तथा महिला रोग विशेषज्ञ
- प्रत्येक शनिबार जनरल फिजिसिएन र रेडियोलोजी सेवा
- प्रत्येक महिनाको तेस्रो शनिबार छाला तथा यौनरोग विशेषज्ञ
- प्रत्येक महिनाको पहिलो शनिबार मनो परामर्श चिकित्सक परामर्श सेवा र जनरल सर्जरी सेवा

