त्रिशुलीमा परिवारै हामफाले, एकको उद्दार

Avatar photo
Dhadingpost
माघ ३, २०७६

धादिङ माघ ३ । धादिङको बेनिघाट र गोरखा जोड्ने त्रिशूली नदी माथिको झोलुङ्गे पुलबाट दुई नाबालक छोरासहित दम्पती हामफलेका छन् ।

दुई सन्तानसहित त्रिशुलीमा हाम हामफाले ३५ वर्षीय विनय लामिछानेलाई सकुशल उद्दार गरिएको छ भने, श्रीमती जमुना रेग्मीको शव भेटिएको प्रहरीले जनाएको छ । उनीहरुको दुई वर्ष र ६ महिनाका दुई सन्तान भने अझै पनि वेपत्ता छन् ।

उनीहरू किन नदीमा हामफालेका थिए भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धादिङका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार बिहीबार साँझ उनीहरूले नदीमा हामफालेका हुन् । लामिछाने स–परिवार ससुराली गएको र फर्कंदा त्रिुशलीमा हामफालेको प्रहरीले जनाएको छ ।