बेनिघाट रोराङमा क्रिकेट रंगशाला यसै वर्षबाट सुरु हुन्छ -सांसद त्रिपाठी

Avatar photo
दिपेश कडेल
पुस २९, २०७६

धादिङ पुस २९ । धादिङका संघिय सांसद भुमि त्रिपाठीले बेनिघाट रोराङ गाउँपालिकामा क्रिकेट रंगशाला यसै वर्षबाट बन्न सुरु गरिने बताएका छन् ।

बेनिघाट रोराङ गाउँपालिकाले आयोजना गरेको बृहत खेलकुद उत्सव उद्घाटन गर्दै संघीय सांसद त्रिपाठीले गाउँपालिकाले तयार गरेको १६ करोड लागतको डिपिआर अनुरुप नै यसै वर्ष देखि क्रिकेट रंगशाला बन्न सुरुहुने बताएका हुन् ।

खेलकुद विश्वव्यापि बनि सकेको परिस्थितिमा स्थानीय तहले पनि विशेष योजना बनाई गाउँ, टोल, वडा हुँदै गाउँ पालिका भरि खेलकुदको जागरण पैदा गर्नु पर्ने बताउँदै संघीय सांसद त्रिपाठीले आफुले गर्नु पर्ने कुनै पनि सहयो गर्न तयार रहेको बताएका थिए ।

मंगलबार उद्घाटन गरिएको उक्त पालिका भरिका माध्यामिक विद्यालय स्तरीय खेलकुद उत्सव माघ ७ गते सम्म चल्ने छ ।