
धादिङ पुस २८ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानो सिरुवारीमा सुरुभएको बागमती प्रदेश स्तरीय खुल्ला भलिबल प्रतियोगितामा क्वाटर फाइनलबाटै बाहिरिन वाध्य भएको धादिङ ।
दोलखालाई हराउँदै र पोल लुजरको हैसिएतमा क्वाटर फाइनल प्रवेष गरेको धादिङलाई चितवनले हराए सँगै प्रतियोगिताबाट धादिङ बाहिरिएको हो ।
बागमती प्रदेशका काठमाडौं र रसुवा बाहेक ११ जिल्लाले भाग लिएको यस प्रतियोगितामा धादिङ जिल्लाबाट खेलाडीहरु चोकबहादुर तामाङ, सुदिप गिरी, मनोज श्रेष्ठ, दिलिप तामाङ, अमन आले, मिलन गन्धर्व, राजकुमार तामाङ, सुजन तामाङ, सम्राट श्रेष्ठ, अमित घलेले खेलेका थिए । भने टिम कोचको भुमिकामा अशोककाजी थापा र टिम म्यानेजर दिलिप थापा थिए ।
स्थानीय भदौरे गणेश सामजिक संस्थाको आयोजना र नेपाने युथ क्लबको सह आयोजनामा भएको यस वागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिताको विजेताले २ लाख २ हजार २० रुपैंया हात पार्नेछ । दोस्रो हुनेले १ लाख १ हजार १० रुपैंया पाउनेछ ।
