
धादिङ पुस २८ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा प्रथम चरौंदी कृषि, पर्यटन तथा औद्योगिक महोत्सव हुने भएको छ ।
चरौंदी समाज सुधार युवा क्लवले माघ १० गते देखि १९ गते सम्म चरौंदी कृषि, पर्यटन तथा औद्योगिक महोत्सवको आयोजना गर्ने भएको हो ।
धादिङको तरकारी पकेट क्षेत्रको रुपमा लिईने चरौंदी बजारमा हुने यस महोत्सवमा चेपाङको नमुना घर, भेष भुसा, स्थानिय घरेलु उत्पादन, औद्योगिक उपकरणहरु, त्रिशुलीमा र्याफ्टीङ, क्यानोनिङ, कार्वन भ्यूटावर, रिचोक टावर, सुदर नागी, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, मुख्य आकर्षणहरु रहने क्लवका अध्यक्ष उज्वल रिजालले धादिङपोष्टलाई बताए ।


