
धादिङ पुस २८ । एनआरएनएका कोषाध्यक्ष लोकप्रसाद दाहालको नेतृत्वमा भिजीट नेपाल २०२० लाई सफल बनाउन नेपाल आएका बेल्जियमका प्रोफेसर डा लुक कोर्ट लगायत १२ जना श्रमदानमा व्यस्त रहेका छन् ।
भ्रमणको क्रममा आईतबार धादिङको बुढाथुम पुगेका उनीहरु बद्रविशाल माध्यामिक विद्यालयमा श्रमदान गरि रहेका हुन् । उनीहरु माघ ३ गते सम्म बद्री विशाल माध्यामिक विद्यालयमा रहने धादिङपोष्टलाई बताए ।

यसै बीच माघे सक्रान्तिको दिन (१ गते) भने, लोक दाहाल प्रमुख अतिथि रहने धादिङ खाल्टे फ्याक्सेमा हुने गोरुजुधाई साँस्कृतिक पर्वमा यी पर्यटक हरु सहभागि हुने छन् ।

श्रमदान अन्तरगत उनीहरुले अहिले विद्यालय भवनमा रंगरोकन गरि रहेका छन् भने शिक्षक विद्यार्थीहरुलाई सहभागी विषय विज्ञहरुले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न प्रशिक्षण चलाउने बताईएको छ ।

उनीहरुले भाषा, इलेक्ट्रोनिक शिक्षा, कम्पुटर शिक्षा, प्रोजेक्टर, विज्ञान, इन्टरनेट शिक्षा, लगाएत सीप(विकास र व्यावसायिक शिक्षाको बारेमा प्रशिक्षण दिने तालिका रहेको दाहालले बताए ।


