
धादिङ पुस २६ । धादिङमा रक्तदान जीवन दान भन्ने नाराले सार्थकता पाउँदै गएकाे रेडक्रसकर्मी नारायणकुमार श्रेष्ठ बताउँछन् ।
हरेक रक्तदान कार्यक्रममा स्वयंसेवक बनेर मात्र पुग्दैनन् उनी नियमित रक्तदान समेत गर्ने गर्छन् । जिल्लामा ६ महिनाकाे तथ्यांक हेर्ने हाे भने १ हजार ४४५ जनाले रक्तदान गरेका छन् याे धादिङकाे लागि ठुलाे संख्या भएकाे स्वयंसेवक रेडक्रस कर्मी श्रेष्ठले बताए ।
उनले २०७७ साल असार मसान्तसम्म ३५०० पाेका रगत जम्मा गरि घाईते विरामीहरुलाई सहजरुपमा उपलब्ध गराउने लक्ष्य रहेकाे समेत बताए ।
याे ६ महिनाकाे अवधिमा रक्तदान कार्यक्रम आयाेजना गर्ने सस्था र संख्या
१. धादिङ साेसियल भाेलेन्टियर नेपाल १९२ जना
२. राेटरी क्लब अफ धादिङ ११६ जना
३. श्राेत परिचालन साकाेस ११५ जना
४. मुक्तिनाथ विकास बैंक धादिङ १११ जना
५. धादिङबेशी स्थानीय चर्ज १०० जना
६. निलकण्ठ महिला साकाेस ७५ जना
७. शिव ज्याेति महिला साकाेस ७३ जना
८. साङगिला बैंक ६८
९. नेपाल रेडक्रस साेसाईटी धुषा उप शाखा ६२ जना
१०. सानिमा बैंक ६२ जना
११. नेपाल रेडक्रस साेसाईटी सुनाैला बजार उप शाखा ५८ जना
१२. गणेश हिमाल क्यामपस ५२ जना
१३. नेत्रावती साकाेस ५१ जना
१४. त्रिपुरा सुन्दरी गाउँ पालिका ५१ जना
१५. शान्वी माेटरपार्टस धादिङ ४५ जना
१६. ज्याेति महिला साकाेस ४५ जना
१७. नेपाल रेडक्रस साेसाईटी धादिङ जिल्ला शाखा र कर्मचारी मिलन केन्द्र धादिङ सयुक्त ४३ जना
१८. नेवा देय् दवू धुनिबेशी नगर पालिका ३९ जना
१९. नेपाली काङ्ग्रेस धादिङ ३८ जना
२०. धादिङ हेल्थकेयर प्रा. लि. २५ जना
२१. नेपाल रेडक्रस साेसाईटी नलाङ उप शाखा २४ जना

