मानवी क्रियाटिभ एशोसिएसनद्वारा स्टेशनरी सहयाेग

Avatar photo
Dhadingpost
पुस २३, २०७६

धादिङ पुस २३ । सामाजिक सामाजिक सेवाका सक्रियता देखाउँदै आएको मानवी क्रियाटिभ एशोसिएसनले धादिङको सेमजोङमा ईन्दियादेवि आधारभुत विद्यालयलाई स्टेशनरी सामान वितरण गरको छ ।

गडिमाई मन्दिरमा प्राणि हिंसा र काटमार रोक्नको लागि व्यानर सहित जनचेचना कार्यक्रम, काठमाण्डौमा 100 ग्रुप , नेपाल प्रहरीको टिम रानीपोखरी सहितको अरु पनि सामाजिक संघ सस्थाको सहकार्यमा रानिपोखरी रत्नपार्क, भद्रकाली, खुल्लामन्च, टुडिखेल सरसफाई कार्यक्रममा समेत सहभागि भएको मानवी क्रियाटिभ एशोसिएसन शनिबार नुवाकोट त्रिशुली हुँदै केरुङ चीन बोर्डर सम्म न्यानो कपडा वितरण गर्न जाने भएको छ ।

समाजलाई चेतना जगाउन मासिक हाईकिङ्ग गर्दै आएको यस संस्था धादिङको ज्वालामुखि स्थित कुमाल बस्तीमा समेत शैक्षिक सहयोग लिएर जाने तयारीमा रहेको अध्यक्ष धादिङ खाल्टे निवासी बद्रीप्रसाद ढुङ्गानाले धादिङपोष्टलाई बताए ।