
धादिङ पुस २२ । धादिङबेसीमा रेडियो बिहनी ९७.६ मेगाहर्ज संचालन गरि रहेको सहिद स्मृति संचार सहकारीले आफ्नो वार्षिक साधारण सभाको उपलक्ष्यमा जनयुद्धका संचारकर्मीहरु रवि र ज्वालाको सम्झनामा रवि ज्वाला क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गर्ने गर्ने भएको छ ।
धादिङबेसीमा पौष २९ गते हुने, आठौ साधरण सभा तथा तेश्रो अधिवेशनको अवसरमा रवि ज्वाला क्रियाशिल पत्रकारिता पुरस्कार सँगै रेडियो बिहानीको उत्कृष्ट सम्वादातालाई समेत सम्मान गर्ने सहिद स्मृति संचार सहकारीको कार्य समितिको बैठकले निर्णय गरेको छ ।
वैठकले, सम्मान गरिने क्रियाशिल पत्रकार र संवाददाता छनौटको लागि सहकारीका उपाध्यक्ष मनराज भण्डारीलाई जिम्मा दिएको छ ।
यस अघि पनि सहकारीले रेडियो बिहानीको स्थापना काल देखि नै नियमित रुपमा समाचार पठाई क्रियाशिल पत्रकारिता गरेको भन्दै गत सातौं साधारण सभामा गोरखा तन्द्राङ ४ का कृष्णबहादुर लामिछानेलाई नगद रु ५ हजार र सम्मान-पत्र सहित सम्मानित गरेको थियो ।

