
अष्ट्रेलिया पुस २० । सिड्नीको बेरोरा भन्ने ठाउँमा क्याम्पिङ गर्न गएका २ नेपालीको पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको छ भने आर्का एक घाईते भएका छन ।
मृत्यु हुनेमा धादिङ जिल्लाको ज्वालामुखि गाउँपालिका चैनपुर घर भएका रोशन छत्कुली र चितवनका विशाल सेँडाई रहेका छन् ।
अचेत अबस्थामा रहेका अर्का नेपाली प्रदीप पाण्डेलाई भने हेलिकोप्टरमा उद्दार पछि अस्पतालमा भर्ना गरिएको छ ।
