
धादिङ पुस ९ । धादिङको वेनिघाट रोराङ गाउँपालिका मझिमटार स्थित शंखादेवि उच्च माध्यामिकका विद्यालयका क्यान्सर पिडित विद्यार्थी मनोज सेन ठकुरीको उपचारको लागि आर्थिक सहयोग संकलन सुरु भएको छ ।
कक्षा १२ मा पढ्ने मनोजको उपचारको लागि मलेखु स्थित ब्राईट फ्यूचर ईड़लिस बोर्डिड़ सहकारी स्कुलका शिक्षक विद्यार्थीहरुले आर्थिक सहयोग गरेका हुन् ।
आर्थिक अवस्था कमजोर मनोजको उपचारका लागि ब्राईट फ्युचर ईड़लिस बोर्डिड़ सहकारी स्कुलका शिक्षक विद्यार्थीहरुले संकलन गरेको ७ हजार २२० रुपैयाँ प्रिन्सिपल कल्पना सिलवालले बुधबार विरामीलाई प्रदान गरेकी हुन् ।

