
धादिङ मलेखु पुस ६ । धादिङको बेनिघाटराेराङ र गजुरी गाउँपालिकाका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुका लागि नेतृत्व विकास तथा सकारात्मक साेच सम्बन्धि कार्यशाला सम्पन्न भएकाे छ ।
शनिबार र अाईतबार भएकाे दुई दिने उक्त कार्यशालाबाट नेतृत्व विकास र सकारात्मक साेच बढेकाे सहभागीहरुले बताएका छन् ।
डाेलभञ्ज्याङ माविका अध्यक्ष प्रमाेदराज रुपाखेतीले विद्यालयहरु अब भाैतिक रुपले सम्पन्न भैसके तर शैक्षिक हिसावले कमजाेर छन् भन्दै शैक्षिक गुणस्तर सुधार गर्न तालिम प्रभावकारी बताए ।
त्यसैगरि कार्यशाला पछि इन्द्राणी अाधाभूत विद्यालयका प्रधानाध्यपक सुरज श्रेष्ठले सकारातमक साेच मात्र लिने, अाफूमा भएका कमिकमजाेरी हटाउँदै जाने, बालमैत्री विद्यालय बनाउन पहल गर्ने, घमण्ड, रिस र ईर्ष्या त्याग्ने, वार्षिक कार्यतालिका बनाएर काम गर्ने प्रतिवद्दता जनाए ।
युनाइटेड मिसन टु नेपाल धादिङ क्लष्टरकाे सहयाेगमा प्रयास नेपाल धादिङले सञ्चालन गरेकाे तालिममा तालीममा स्व :नेतृत्व भनेको के हो, स्वनेतृत्व किन चाहिन्छ, स्व:नेतृत्वको विकास कसरी गर्दै जाने प्रक्रियाको बारेमा जानकारी गराईएको थियो ।
यसैगरी सकारात्मक दृष्टिकोण र व्यवहार भनेको के हो, सकारात्मक सोच र दृष्टिकोण कसरी बढाउने, हाम्रो विश्वास तथा मुल्य मान्यताहरु , प्रधानाध्यापकको उत्तरदायित्व र जिम्मेवारी, र बालबालिकाहरु सिकाई उपलब्धि तथा समग्र शैक्षिक सुधारमा बिद्यालय प्रधानाध्यापक र बि.व्य.स. अध्यक्षको सोच,बिचार र उत्तरदायित्व, जिम्मेवारीले सिकाई वातावरण तथा नतिजामा पार्ने प्रभाब लगायतका बिषयमा सकारात्मक सोच सम्बन्धि बिज्ञ बुद्धि बहादुर खत्री र प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत र बेनिघाटरोराङ वडा नं १ का वडाध्यक्ष नन्द प्रसाद तामाङ, वडा नं २ का वडाध्यक्ष टंक थापा र प्रयास नेपालका अध्यक्ष सबिता अर्यालले बिद्यालयको शैक्षिक गुणस्तर अभिबृदिमा सकारात्मक सोच बिचार सहित कार्य सम्पादनले परिणाममुखि नतिजाको लागि सहयोग पुग्ने बताउनु भएको कार्यक्रम संयोजक बद्रीनाथ शर्माले बताए ।

