गंगाजमुनामा ग्रामिण अस्पताल संचालनमा

Avatar photo
Dhadingpost
पुस ६, २०७६

धादिङ पुुस ६ । धादिङको गंगाजमुनामा गाउँपालिकामा ग्रामिण अस्पताल सञ्चालनमा आएकाे छ ।

गंगाजमुना गाउँपालिका ५ स्थित फुलखर्क स्वास्थ्य चौकीलाई स्तरउन्नती गरी प्रस्तावित ग्रामिण अस्पतालको रुपमा संचालनमा ल्याईएकाे हो ।

धादिङद जिल्लामा नै पहिलाे पटक संचालनमा ल्याईएकाे उक्त प्रस्तावित ग्रामिण अस्पतालकाे आईतबार गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीले विशेष समाराेहका बीच उद्घाटन गरेका थिए ।

गाउँपालिकाको आन्तरिक श्रोतमा संचालन हुने यस प्रस्तावित ग्रामिण अस्पतालले गाउँपालिका स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गाउँपालिकाका स्वास्थ्य प्रमुख दिपक अधिकारीले धादिङपाेष्टलाई बताए ।