टाँकीको रुखमा झुण्डिएको अवस्थामा फेला परे नवराज ढकाल

Avatar photo
Dhadingpost
पुस ३, २०७६

धादिङ पुस ३ । नीलकण्ठ नगरपालिका १० ज्यामरुङ ढकाल गाउँका नवराज ढकाल टाँकीको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

रोजगारीको शिलशिलामा पोखरामा बस्दै आएका ढकाल केहि दिन अघि मात्र गाउँ आएका थिए विहिबार विहान उनलाई टाँकीको रुखमा डोरीमा झुन्डिएरको अवस्थामा स्थानीहरुले देखाका थिए ।

टाँकीको रुखमा डोरीमा झुन्डिएर मृत अवस्थामा भेटिएका ४२ वर्षीय ढकालले आत्महत्या गरेका हुन् होईनन् पोष्टमार्टमको रिपोर्ट आएपछि थाहा हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।