नेकपा धादिङको बैठक बस्दै, सचिवालय गठनबारे छलफल हुने

Avatar photo
Dhadingpost
पुस ३, २०७६

धादिङ पुस ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ कार्यसमितिको बैठक आज बस्दै छ । बैठकले जिल्ला सचिवालय गठन गर्नेबारे छलफल सँगै उप निर्वाचनको समिक्षा गर्ने समेत बताईएको छ ।

जिल्ला पार्टीको कामको कार्य सम्पादनका लागि ७ सदस्यीय चिवालय बनाउने तयारीमा छौं । छलफल आज हुन्छ तर संख्या याताउता हुन सक्छ, तर अहिले सम्मको गृहकार्य पूर्व एमालेबाट ४ जना र पूर्व माओवादी केन्द्रबाट ३ जना रहने गरि सचिवालय गठन हुने स्रोतले बतायो ।

स्रोतका अनुसार आज ११ बजे धादिङबेसी स्थित पार्टी कार्यालय, मदन आश्रित भवन धादिङमा बस्ने उक्त बैठकमा जिल्ला स्तरमा विभिन्न विभाग गठन गर्ने सम्बन्धमा समेत छलफल हुने बताईएको छ ।