
धादिङ मंसिर २३ । धादिङको निलकण्ठ नगरपालिका १० ज्यामरुङ निवासी प्रहरी हवल्दार यदु प्रसाद पाठककाे माेटर साईकल दुर्घटनामा परि मृत्युु भएकाे छ ।
रामनगरबाट भरतपुरतर्फ जाने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
चितवनको भरतपुर महानगरपालिका १ रामनगरमा गाडीको ठक्करबाट एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार पाठककाे भरतपुर अस्पतालमा उपचारकाे क्रममा आईतबार मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

