छेवाङ विद्यालयमा हिंसा न्युनिकरण कार्यक्रम

Avatar photo
Dhadingpost
मंसिर २१, २०७६

धादिङ मंसिर २१ । धादिङको गजुरी गाउँपालिका २ छेवाङ आधारभुत विद्यालयमा
“समानताको पुस्ता बलत्कार विरुद्ध ऐक्यबद्दता” भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा बिरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

छेवाङमा लैङ्गिक हिंसा बिरुद्ध सचेतना मुलक कार्यक्रम सचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रममा लैंगिक हिंसा भनेको के हो रु कसरी महिलाहरु हिंसामा पर्ने गरेका छन र यसको अन्त्यका लागी के गर्न सकिन्छ भन्न कुरा विद्यार्थी शिक्षक अभिभावकहरुलाई गाउँपालिका उपाध्यक्ष सिता ढुङगाना जानकारी गराएकी थिईन् ।

प्रयास नेपालको आयोजना तथा छेवाङ आधारभुत बिद्यालयको व्यवस्थापनमा भएको कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि,बाल समुह , सञ्जालका बालबालिका तथा अन्य सरोकारवालाहरूको माझमा भएको बालबालिकाहरुले सचेततामुलक नाटक तथा गीत मार्फत सन्देश प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी खगेन्द्र ब खड्का , प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, वडाध्यक्ष चुडामणि कडेल लगायतले लैगिक हिंसा न्युनिकरणमा सबै सरोकार पक्षले समन्वयात्मक रुपमा कार्य गर्दै अगाडि वढ्नु पर्ने बताएका प्रयास नेपाल धादिङका सामाजिक परिचालक उषा मगरले जानकारी दिईन् ।