धादिङबसीमा विद्यार्थीले गरे रक्तदान

Avatar photo
Dhadingpost
मंसिर २०, २०७६

धादिङ मंसिर २० । धादिङबेसी स्थित गणेश हिमाल क्याम्पस धादिङका विद्यार्थीहरुले रक्तदान गरेका छन् ।

गणेश हिमाल क्याम्पसले अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजना गरेको रक्तदानमा विद्यार्थीले रगत दान गरेका हुन् ।

शुक्रबार बिहान भएको उक्त रक्तदानमा विद्यार्थी शिक्षक र कर्मचारी गरि ३७ जना पुरुष र १५ जना महिला गरि ५२ जनाले रक्तदान गरेका हुन् ।

विद्यार्थीहरुलाई पढाइसँगै सामाजिक कार्य र समाजसेवाप्रति अभिप्रेरित गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको क्याम्पस प्रमुख ईश्वरी प्रसाद पाण्डेले बताए ।

रक्तदान कार्यक्रमको सह आयोजक लायन्स क्लब नीलकण्ठ र प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र धादिङ गरेको थियो ।