
धादिङ मंसिर १९ । धादिङको बेनिघाटबजारमा स्वरसम्राट नारायण गोपालको सम्झना गर्दै साहित्यिक स्मृति साँझ हुने हुने भएको छ ।
धादिङको बेनिघाट गाउँपालिका स्थित बेनिघाट ५ को वडा कार्यलय परिसरमा आज ४ः३० बजे हुने उक्त स्वर सम्राट स्मृति साँझ कार्यक्रममा जिल्लाका नयाँ तथा पुराना सहित्यकारहरुले आफ्नो सृजना प्रस्तुत गर्ने दिपेश कडेलले बताए ।
स्वर सम्राट नारायण गोपालको २९ औं स्मृति दिवसको अवसरमा बेनिघाट गाउँपालिका वडा नं. ५, कारु मेमोरियल ट्रष्ट बेनिघाट र वडा खेलकुद विकास समिति बेनिघाट को सहआयोजनामा उक्त स्वर सम्राट स्मृति साँझ हुन लागेको हो ।
फुटबल खेलका पारखी, चेस खेलाडी, कुशल भान्से, फोटोग्राफरका समेत रहेका स्वर सम्राट नारायण गोपालले ‘एउटा मान्छेको मायाले कति’, ‘आँखा छोपी नरोऊ भनी’, ‘पर्खी बसेँ आउला भनी’, ‘यति धेरै माया दिइ’, ‘यो सम्झिने मन त’, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, ‘म त लालीगुराँस भएछु’, ‘ल सुन मेरो रामकहानी’, ‘यति चाखो यति मीठो’, ‘तिमीलाई म के भनु’लगायतका दर्जनौँ अजर अमर गीतमा स्वर भरेका छन् ।

