
धादिङ मंसिर १९ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ चारौंदीमा रहेको ३ बटा सहकार र १ बैकको ताला फुटाई चोरी गरेको आरोपमा निरज चेपाङ पक्राउ परेका छन् ।
मंसिर ६ गते चरौदी स्थित श्री कृषक सुधार फलफुल तथा तरकारी संस्था, मातृभुमि कृषि सहकारी संस्था, साना किसान कृषि सहकारी संस्था, जंगला मंगला कृषि सहकारी संस्था लिमिटेड र मंसिर १७ गते बेनिघाट रोराङ गाउँपालिका ५ मा रहेको देब बिकास बैंकको ताला फुटाई चोरी आरोपमा चरौदीका १८ वर्षिय निरज चेपाङलाई प्रहरीले पक्राउ गरेको हो ।
निरज चेपाङको साथबाट नगद ३६ हजार ७४०रुपैयाँ, मोवाईल र हसिया बरामद गरेको प्रहरीले जनाएको छ ।

