धादिङ खहरेकी सन्जिलाले जितिन स्वर्ण पदक

Avatar photo
Dhadingpost
मंसिर १८, २०७६

धादिङ मंसिर १८ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित त्रिपुरेश्वर खहरे निवासी सन्जिला तिमल्सेनाले तेक्वान्दो काे पुन्सेमा नेपालका लागि स्वर्ण पदक जितेकी छिन् ।

जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा १७ देखि २३ वर्षसम्मको समूहबाट तेक्वान्दोको खेलेका निशा दर्नाल, स्वस्तिका तामाङ र धादिङकी सन्जिला तिमल्सिनाको टोलीले भारतलाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेको थियो ।

तेक्वान्दो पुम्सेमा नेपाली टोली ७.९८० स्कोर गरेको थियो । भारतीय टोलीले ७.९७० अंक ल्याएको थियो ।

यस अघि धादिङ ज्वालामुखी गाउँपालिका चैनपुरकी सन्तोषी श्रेष्ठ र सिद्धलेक गाउँपालिका नलाङकी सोनी गुरुङले नेपालाका लागि स्वर्ण पदक जिति सकेका छन् भने स्वर्ण पदक कै लागि छनौट भएको नेपालको राष्ट्रि भलिबल टिमले पराजय हुँदा ज्वालामुखि गाउँपालिका मैदीका शरण सामरी पदक विहिन बन्न पुगेका थिए ।

१३ औं सागमा नेपालका लागि पदक विजेता

स्वर्ण पदक

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, महिला) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

कराते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

कराते (५५ केजी) – लक्ष्मण तामाङ

कराते(८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ

कराते (४५ केजी मुनी)- कुसुम खड्का

कराते (५० केजी मूनि) अनु अधिकारी

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे

पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

ट्रायथलन – सोनी गुरुङ

रजत पदक

कराते (एकल काता) – चन्चला दनुवार

तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

कास्य पदक

तेक्वान्दो पुम्से (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

ट्रायथोलन – बसन्त थारु