सांसद जगत सिंखडाको स्वास्थ्यमा सुधार, अहिले आईसीयूमा

Avatar photo
Dhadingpost
मंसिर १७, २०७६

धादिङ मंसिर १७ । धादिङका प्रदेश सांसद जगत सिंखडाको स्वास्थ्यमा सुधार आएको छ, तर बेलुका सम्म आईसीयू  मै राख्नु पर्ने बताईएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघको पदाधिकारी बैठकको लागि मंगलबार बिहान पेरिस डाँडा पुगेका महासंघका अध्यक्ष समेत रहेका जगत सिंखडा बैठक सुरु हुन लाग्दै गर्दा एक्कासी बेहोस भै (ब्लड प्रेसर लो भई) लड्नु भयो ।

हामीले तत्काल अस्पताल पुर्याएका कारण उहाँ उहाँलाई बचाउन सकियो होटल मजदुर संघका केन्द्रिय अध्यक्ष माधव पाण्डेले धादिङपोष्टलाई बताए ।

पाण्डेलेका अनुसार सांसद सिंखडालाई अहिले नर्भिक हस्पिटले काठमाडौको आईसीयूमा राखिएको छ ।