धादिङको लखन थापा पार्कमा विद्यार्थी

Avatar photo
Dhadingpost
मंसिर १५, २०७६

धादिङ मंसिर १५ । धादिङबेसीको भनुपार्क अगाडी रहेको नेपालका प्रथम सहिद लखन थापाको शालिक अगाडी उभिएर विद्यार्थीहरु लखन थापाको बारेमा टिपोट गरि रहेका थिए ।

विषयगत शिक्षकहरु लखन थापाको विषयमा जानकारी भए सम्म शालिक देखाएर बताउँदै थिए ।

धादिङबेसी पुछार बजार स्थित न्यु किबो बोर्डिङ स्कुलका विद्यार्थीहरु स्कुलको कक्षा कोठा छाडेर लखन थापाको बारेमा पढ्न भानुपार्क अगाडी रहेको लखन थापा पार्क पुगेका हुन् ।

शिक्षण विधिलाई प्रयोगात्मक बनाउन हामीले हर प्रयास गर्दै आएका छौं, त्यहि अनुरुप विद्यार्थीहरुलाई लखन थापा बारे पढाउन शालिक अगाडी नै लगिएको प्रिन्सिपल प्रयास रेग्मी बताए ।

विद्यार्थीहरुलाई हुनै खास विषयमा पढाउँदै छौ भने हामी सम्भव भए सम्म विद्यार्थीलाई सोहि स्थानमा पुर्याई सिकाउने गरेका छौ । यो तरिको शिक्षण विधि जिवन्त किसिमको हुन्छ र विद्यार्थीले विर्षने कुरै हुँदैन प्रिन्सिपल रेग्मीले बताए ।

(लखन थापा मगर राणा शासन ९१८४६-१९५०० जंग बहादुर राणाको सासन बिरुद्द लडेर बिरोद गरि क्रान्ति फैलाउने पहिलो नेपाली सहिद हुन् )