धादिङबेसी मंसिर १४ । त्रिपुरासुन्दरी जात्राको अवसरमा आयोजित न्यु त्रिपुरा सुन्दरी कपको उपाधी डाँडागाउँ युवा क्लव सल्यानटारले जितेको छ ।
न्यु त्रिपुरा सुन्दरी युवा क्लबले आयोजना गरेको उक्त 7A साईड खुल्ला फुटबल प्रतियोगितामा कुमारी देवी युवा क्लब ए ज्यामरुङ द्धितीय र कुमारी देवी युवा क्लब बि तृतीय भएका भएका थिए ।
बिजयी समूहरुलाई क्रमश ५० हजार, ३० हजार र २० हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।
विजयीहरुलाई बृहत साँस्कृतिक कार्यक्रमका बीच प्रमुख अतिथि शहरी विकास राज्यमन्त्री रामविर मानन्धरले पुरस्कार प्रदान गरेका थिए ।


