
धादिङ मंसिर १३ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस तथा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा भएको वक्तृत्वकला प्रतियोगितामामा उर्मिला भारती प्रथम भएकी छिन् ।
एड्भान्स एकेडेमीेको कक्षा ११ र १२ मा कानुनी विषय अध्ययन गरिरहेकका विद्यार्थीहरु बीच शुक्रबार बिहान गरिएको वक्तृत्वकलामा भारती प्रथम भएकी हुन् ।
विद्यालयले कानुन सँग जोडेर कानुनका विद्यार्थीहरुलाई थप उर्जाशित बनाउनका लागि दिवसको अवसरमा कार्यक्रम गरिएको विद्यालयका एशोसिएट प्रिन्सिपल भिम श्रेष्ठले बताए ।
वार एशोसिएसन धादिङका अध्यक्ष रामकृष्ण अधिकारीले अंक मापन गरेका उक्त प्रतियोगितामा कविता नेपाली द्वितिय, द्वय नविना खनाल, करुणा बसौला तृतिय र पृथ्वी गुरुङ सान्तोना भएको एशोसिएट प्रिन्सिपलले जानकारी दिए ।
