काठमाडौं मंसिर १३ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा नेपालले आज भारतको सामना गर्दै छ ।
त्रिपुरेश्वर स्थित कभर्डहलमा शुक्रबार ५ बजे देखि हुने भलिबलको पावर हाउस भारतका रुपमा चिनिने भारतलाई हराउनै पर्ने दवावमा नेपाल छ ।
समूह एको पहिलो खेलमा नेपाली टिम बंगलादेशसंग पराजित भएको थियो । अग्रतालाई जोगाउन नसक्दा नेपाली टिम बंगलादेशसंग ३–२ को सेटमा पराजित बनेको थियो ।
नेपाललाई सेमिफाईनलको आश जिवित राख्न भारतलाई जित्नै पर्ने दबाब छ तर नेपाली टिम यसअघि भारतसंग पराजित हुदै आएको छ ।
नेपालले १३ औ सागमा पदकको आश राखेको थियो । तर पहिलो खेलमै बंगलादेशसंग पराजित भएपछि नेपालको पदक सम्भावना पातलो बनेको छ ।


