
धादिङ मंसिर १२ । चोरी मुद्दामा जिल्ला अदालतद्वारा दोषी ठहर भएका रामजी बानियालाई फरार रहेको दश वर्ष पछि पक्राउ परेका छन् ।
धादिङ जिल्ला अदालतले २०६६ मंसिर २ गते फैसला गर्दै ५ वर्ष ५ महिना १० दिन कैद सजाँय सुनाईएका बानियाँ सोहि मिति देखि फरार रहेका थिए ।
धादिङ जिल्ला गजुरी गाउँपालिका आदमघाट बस्ने रामजी बानियालाई बुधबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले बताए ।

