धादिङका प्रथम आधुनिक गायक गुरुङ भोटको प्रतिक्षामा

Avatar photo
Dhadingpost
मंसिर ९, २०७६

धादिङ मंसिर ९ । धादिङ जिल्लाको ईतिहासमा प्रथम आधुनिक गायकका रुपमा चिनिएका विरेन्द्र गुरुङ भोटको प्रतिक्षामा रहेका छन् ।


EPIC Nepal Music Award 2076 मा Top 5 मा पर्न सफल गुरुङको अबको यात्रा एसएमएस भोटिङमा भर पर्नु पर्ने भएका कारण भोटको प्रतिक्षामा रहेका हुन् ।

२०५७ सालमा रेडियो नेपालबाट स्वर पास गरि आधुनिक गायनको यात्रा तय गरेका नेत्रावती गाउँपालिका कटुञ्जेका गुरुङ ज्यानै दिन्छु बोलको गायनविधाबाट EPIC Nepal Music Award 2076 को टप पाँचमा पर्न सफल भएका हुन् ।

यस अवार्डको अबको यात्राका लागि गुरुङले EMA स्पेस 046 Type गरी 38687 मा SMS पठाउन अनुरोध गरेका हुन् ।