अरुघाट बन्द, जनप्रतिनीधि र स्थानीय, चौरमा भेला

Avatar photo
Dhadingpost
मंसिर २, २०७६

धादिङ मंसिर २ । धादिङ र गोरखाको सिमानामा रहेको आरुघाटबजार बासीले आरुघाटबजार बन्द गरेका छन् ।

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाले जग्गा रोक्का राखेको तीन वर्ष सम्म मुआब्जा निर्धारण नगरेको भन्दै आरुघाट क्षेत्रको गोरखा र धादीङ तर्फका आक्रोशित स्थानीयले विद्यालय, बजार, बित्तिय संस्था सरकारी कार्यालय सबै बन्द गराएका हुन् ।

आरुघाट क्षेत्रको गोरखा र धादीङ तर्फका स्थानीय बजार ठप्प बनाएर घरेलुचौरमा भेला भएका छन् ।

उक्त भेलालाई सम्बोधन गर्न धादिङका प्रदेश संसद डा.रामकुमार अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ नं. प्रदेश सचिवालय सदस्य रामबहादुर भण्डारी, नेपाली काँग्रेस गोरखाका सचिव नन्दु नौपाने समेत स्थानीयहरुको प्रदर्शनलाई समर्थन गर्दै उक्त चौरमा सहभागि भएका छन् ।

उनीहरुले उक्त चौरमा जम्मा भएको स्थानीहरुको प्रतिनीधित्व गर्दै मुआब्जा निर्धारण प्रक्रिया सुचारु गर्न आयोजनालाई आब्हान गर्ने बताईएको छ ।

लामो समय घर जग्गा रोक्का हुँदा किनबेच गर्न, ब्यापारी प्रयोजनका लागि बैकमा राख्न नपाएको गुनासो स्थानीयको छ ।
तस्वीरः धर्मेन्द्र श्रेष्ठ आरुघाट