गाउँ मै गर्भवतीको लागि भिडियो एक्स-रे

Avatar photo
Dhadingpost
मंसिर १, २०७६

धादिङ मंसिर १ । उत्तरी धादिङ स्थित गंगाजमुना गाउँपालिकाले ३-३ महिनाको फरकमा गर्भवती महिलाको भिडियो एक्स-रे सेवा दिन थालेपछि गर्भवती महिलाहरु खुसी भएका छन् ।

गाउँपालिकाको स्वास्थ्य कार्यक्रम अन्तरगत ३-३ महिनामा गरिने घुम्ती भिडियो एक्स-रे सेवाले धेरै गर्भवती महिला र बच्चाको ज्यान जोखिमबाट जोकिएको स्वाथ्यकर्मी सुनिता अधिकारीले धादिङपोष्टलाई बताईन् ।

नियमित कार्यक्रम अन्तरगत यो पटक बसेरी बुढाथुम फुलखर्क गुम्दी री र ताजिम्राड़ स्वास्थ्य इकाइमा गर्भवती महिलाहरुको भिडियो एक्स-रे गरिएको छ ।

सय जना भन्दा बढी गर्भवती महिलाको भिडियो एक्स-रे गरिएको यो घुम्ति शिविरमा री, रिचेत, किचेत र कचेतका महिलाहरू भिडियो एक्स-रे सेवा लिन हर्षित हुदै आएका र आफु र आफ्नो पेटको बच्चाको अबस्था बारे थाहा पाएकोमा खुशी हुदै फर्किएका थिए ।

बिकट बस्तीहरुमा पुगेर महिलाहरूलाई भिडियो एक्स-रे गरेर जटील अवस्था भएका महिलाहरूको पहिचान गरि सुरक्षीत गर्वधानको सल्लाह दिँदैं आमा र बच्चाको ज्यान बचाउन पाउँदा पेशा प्रति गर्व लाग्छ स्वथ्यकर्मी अधिकारी बताउँछिन् ।

प्रत्येक तीन महिनामा चल्ने ग्रामिण भिडियो एक्स-रे सेवा निकै प्रभावकारी भएको छ, हिजो भिडियो एक्स-रे गर्न सदरमुकाम र राजधानी जानु पर्ने गर्भवतीहरुले हाल गाउँ मै भिडियो एक्स-रे पाएका छन् । स्वास्थ्य संयोजक दीपक अधिकारी बताउँछन् ।