
धादिङ कार्तिक २९ । धादिङ जिल्लाको पुरानो सदरमुकाम सुनौलाबजार (पुरानो धादिङ) मा खुल्ला अन्तर क्लव स्तरिय इन्द्रमोहन (विष्णु) स्मृति कप पुरुष फुटबल प्रतियोेगिता सुरु भएको छ ।
नेपाली काँग्रेस धादिङका पूर्व सभापति एवम् सुनौलाबजारका स्थानिय रामनाथ अधिकारीले फुटबल प्रतियोगिताको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।
सुनौला बजारका स्वर्गिय इन्द्रमोहन (विष्णु) श्रेष्ठको सम्झनामा उहाँको परिवारको आर्थिक सहयोगमा कम्युनिटी प्रोगेस नेपालले उक्त पलुटबल प्रतियोगिता आयोजना गरेको हो ।

शुक्रबार भएको दुई खेलमा कम्युनिटी प्रोगेस ले कुसुण्डे युवा क्लवलाई १ गोलले हरायो । कम्युनिटी प्रोगेस लाई जिताउन सन्जिव सिदालीले गरेको १ गोल नै निर्णायक भएको थियो ।
यस्तै शुक्रबार नै भएको अर्को खेलमा त्रिबेणी समाजले आयोजक कम्युनिटी प्रोगेस लाई १ गोलले हराएको थियो । त्रिबेणी समाजका लागि जिताउन सुरेन तामाङले गोल गरेका थिए ।

धादिङको इतिहास बोकेको पर्यटकिय गन्तव्यका रुपमा विकास हुँदै गहिरहेको भैरबी मन्दिर नजिकै रहेको पुरानो सदरमुकाम सुनौलाबजारमा हुने उक्त फुटबल प्रतियोगितामा ३५ हजार प्रथम र १५ हजार द्वितिय पुरस्कार राशी रहेको उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर, धेरै गोलक कर्तालाई १-१ हजार नगद सहित पुरस्कृत गरिने आयोजक संस्थाका सचिव बिराज सिदालीले धादिङपोष्टलाई बताए ।
प्रतियोगिताको फाईनल खेल आईतबार हुने छ । फोटोः विराज सिदाली
सुनौलाबजारमा खुल्ला फुटबल प्रतियोगिता हुने
सुनौलाबजार खेल मैदान हिलो भएपछि खेल स्थगित
सुनौलाबजार टुडिखेलमा फुटबल प्रतियोगिता हुने

